शुक्रबार १७ मंसिर २०७८

नायिका श्वेता खड्का पछिल्लो समयदेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन । यो उनको दोस्रो विवाह हो ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।


Last Updated on: October 15th, 2021 at 4:50 pm
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया