शुक्रबार १७ मंसिर २०७८

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल प्रवेश गराउन मेनरोल खेल्ने पर्दा पछाडीका नायक मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले दशैं मनाएका छन् ।

साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ ।

फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ । नेपाल बंगलादेशसँग बराबरी गरेर फाइलन प्रवेश गरेको छ । भारत आयोजक माल्दिभ्सलाई हराएर फाइनल प्रवेश गरेको हो । तस्वीरः एन्फा

 


Last Updated on: October 15th, 2021 at 5:18 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया