मंगलबार १४ मंसिर २०७८

झापामा एक महिलाले अर्कैको श्रीमान लिएर भागेकी छिन । स्थानियका अनुसार दाजु बहिनीको सम्बन्ध बानाएकाले खासै आफुहरुले वास्ता नगरेको जनाएका छन । ती महिला डिभोर्स गरेर बसेकी थिइन भने ती पुरुष भने बिबाहित हुन । उनका दुई सन्तान रहेको स्थानीयले बताएका छन । गत जेठ देखि नै उनिहरु सगैँ काम गर्ने गरेको उनिहरुको भनाई रहेको छ । तर त्यस्तो केही आशंका गर्ने खालको उनिहरुको कुनै पनि सम्बन्ध आफुहरुले कहिल्यै नदेखेको उनिहरुको भनाई छ ।

ताप्लेजुङ घर भएकी लगभग ३५ वर्षीय सबिना गुरुङ गत जेठमा झापाको चिया बगानमा काम गर्नका लागि आएकी थिइन । चिया बगानमा ति महिला सगैँ अन्य थुप्रै काम गर्थे । सबिना सगैँ फरार भएका ४५ वर्षीय सुमन तामाङ पनि सोही बगानमा काम गर्थे । उनिहरुसगैँ सुमनकी श्रीमती लगायत अन्य थुप्रै स्थानिय र सुनमका छिमेकीहरु पनि त्यही काम गर्थे । त्यहा सबैसगँ राम्रो सम्बन्ध रहेकी उनले सुमनलाई दाइ मानेको पनि स्थानियले बताएका छन । सुमनकि श्रीमतिसगँ पनि उनको सम्बन्ध राम्रो थियो ।

तर गत भदौको तिज देखि नै उनिहरुबिच सम्बन्ध रहेको भन्ने अहिले थाहा पाएको स्थानियको भनाई छ । सबिनाका श्रीमान भने वैदेशिक रोजगारीमा बिदेशमा रहेको जानकारी उनले चिया बगानमा काम गर्न आउदा बताएकी थिइन । तर स्थानीयका अनुसार भने गत भदौ तिर उनका श्रीमान घर आएको र उनिसगँ डिभोर्स गरेको भनाई छ । त्यस पछि भने सबिनाको सम्बन्ध सुमनसगँ भएको स्थानियहरुको भनाई छ । सोझो र इमानदार सुमन र सबिना खासै बोलचाल गरेको आफुहरुले थाहा नपाएको भनाई छ ।

उनिहरु भाग्नु भन्दा केही दिन अघि सुमन निरन्तर फोनमा कुरा गर्न थालेको उनिहरुको भनाई छ । जुन दिन उनिहरु फरार भए त्यो भन्दा अघिल्लो दिन पनि सुमन र सबिना हराएको सुमकी श्रीमतिले बताईन । उनिहरु दुबैको फोन नलागेको उनले बताईन । भोलिपल्ट बिहान भने उनिहरु सगैँ घर आएको उनको भनाई छ । भोलिपल्ट स्थानीय सबैले राम्रोसगँ सम्झाएर पठाएको उनिहरुको भनाई छ । स्थानीयहरुले सम्झाउदा अब यस्तो नगर्ने भन्दै सुमनकी श्रीमतीलाई पनि आफू भाउजू मान्ने भन्दै आफुलाई पनि बहिनी मान्न आग्रह गरेको श्रीमतिले बताएकी छिन ।

तर भोलिपल्ट फेरि सबिना घर आएर एक जना वृद्धलाई गाली गर्दै गएको स्थानियको भनाई छ । त्यसपछी भने उनिहरु दुबै हराएको भनाई छ । सबिना बसेको कोठामा जादा चाबी लगाएको र दुबैको फोन नलागेको उनिहरुले बताए । आफुहरु सबिनाको कोठामा पुग्दा उनिहरु सफारी चढेर गएको घरबेटिले बताएको उनिहरुको भनाई छ । सबिनासगँ सुमन पहिले देखि नै आउने जाने गरेको बुझिएको छ । त्यति मात्र नभै सुमनले सबिनालाई जाड रक्सी बनाउनका लागि कटेरो, चुलो लगाएत पनि बनाईदिएको उनिहरुको भनाई छ । ( भिडियो हेर्नुस)


Last Updated on: October 16th, 2021 at 9:21 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया