आइतबार १९ मंसिर २०७८

झापा इटाभट्टा देखि एकजना विदेशी चेली आनी पोखरेल जसको घर इण्डोनेसिया हो तर उहाँ विगत लामो समय देखि नेपालमा बस्दै आइरहनुभएको छ,उहाँको साथमा एउटा छोरा पनि छ भने उहाँको श्रीमान नेपाली हुनुहुन्छ र उहाँ लामो समयदेखी मलेसियाको जेलमा रहेको र अहिलेसम्म पनि परीवारको सम्पर्कमा नआएको कारण आफू र आफ्नो बच्चाको समेत बिचल्ली भएको भन्दै उनी अहिले आफ्नो श्रीमानलाई सम्पर्कमा ल्याइदिन आग्रह गर्दै मिडियामा आएकी छिन्।

आजभन्दा लगभग १५ वर्ष अगाडि उनी आफ्नो श्रीमान निर्मल पोखरेलसँग मलेसियामै ड्युटी आउने जाने क्रममा सँगसँगै काम गर्दा एक अर्काबीच लभ पर्न गइ बिबाह समेत हुन गएको थियो।उनीहरूको एकजना छोरा समेत जन्मि सकेको छ।अहिले छोरा राजेश पोखरेल पनि १३ वर्ष जति भैसकेको छ,उनी अहिले कक्षा ८ मा अध्ययन गर्दै छन्।

उनीहरू दुबैजना नेपाल आए र त्यसपछि दुबैजनाले मलेसिया जाने भनेर अप्लाइ गरे तर श्रीमतीको भने भिसा आएन र श्रीमानको चाहिँ आयो।उनीहरू एक आपसमा सर-सल्लाह अनुसार नै पहिले श्रीमान मलेसिया जाने निर्णय गरे र त्यसपछि श्रीमती गएर दुबैजनाको कमाइले घर बनाउने योजना थियो।तर विगत दुई अढाइ महिनादेखि एक्कासि उनको श्रीमान सम्पर्कमा नभएपछि श्रीमतीले खोजी गर्न भनेर मिडियामा आएकी हुन्।

उनी दुई अढाइ महिनादेखि सम्पर्कमा थिएनन् यद्यपि उनी दुई तीन दिन अगाडि भने सम्पर्कमा आएर आफू जे’ल’मा रहेको जानकारी गराएका थिए।आनीलाई अहिले पनि मलेसिया नै बस्न मन लाग्छ तर उनको श्रीमानको पासपोर्ट रि-न्यु गर्नको लागि उनी नेपालमा आएका थिए।उनलाई यहाँ श्रीमानको घरमा पनि सबै जना बाट नराम्रो त छैन तर पनि उनलाई आफू मलेसिया नै बस्न मन लागेको र त्यही शर्त अनुसार नै बिहे गरेको उनी बताउँछिन्।

आनीले नेपाल आएदेखि करिब आठ बर्षदेखी आफ्नो परीवार भेट्न समेत पाएकी छैनन्।उनको परीवारमा दिदीबहिनी,आमा हुनुहुन्छ र उनले अहिले नेपालीसँग बिहे गरेको पनि थाहा पाएको यद्यपि त्यति धेरै नराम्रो रुपमा नलिएको पनि उनले बताएकी छिन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।इण्डोनेसियन चेली नेपालमा अलपत्र,श्रीमान मलेसियाको जेलमा,देश फर्कन मन छ,पैसा छैन(भिडियो हेर्नुहोस्)


Last Updated on: October 16th, 2021 at 9:26 am
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया