मंगलबार ०३ जेठ २०७९

हास्य कलाकार मनोज गजुरेलले आफ्ना ८० वर्षीया आमाको हातबाट दशैंको टिका लगाएका छन् । आमा इन्द्रमायाको हातबाट उनले आज साइत पारेर टिका लगाएका हुन् । केही दिनअघि दोस्रो विवाह गरेका गजुरेलले परिवारसँग टिका लगाएका तस्बीरहरु सामाजिक सञ्जालमा राखेका छन् ।

त्यस्तै नायिका श्वेता खड्काले गएको मंसिरमा दोस्रो बिहे गरिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको नि’धनपछि उनले दोस्रो बिहे गर्ने निर्णय लिइन् ।धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी स्वेताको यो नयाँ परिवारसँग पहिलो दशैँ हो । विजयादशमी (दशैँ) को टीका लगाएर अभिनेत्री श्वेताले सबै तस्वीरहरुलाई टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

उनले लेखेकी छिन् शुभ दशैं । दशैमा जस्तै आदर , आत्मियता , आथित्यता साथै उल्लास जीवनभर रहिरहोस् ।त्यसअघि उनले सवैमा सप्रेम शुभकामना । मंगलमय रहोस । शुभ दशैं भन्दै टीका लगाएका तस्वीर पोष्ट गरेकी थिइन् ।यी तस्वीर हेर्दा उनले यो बर्ष परिवारका सबैसँग रमाइलो गरेर दशैँ मानेको देखिन्छ । श्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा भएको थियो ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको


Last Updated on: October 16th, 2021 at 12:42 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया