शुक्रबार ०८ आश्विन २०७८

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको छ ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक नियुक्ती गरिएको हो ।

‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया पुरा गर्नुपर्ने भएकोले कुलमानको पुनः नियुक्तिमा केहि ढिलाई भएको हो । बैठक सकिएपछि भएको थप छलफलबाट घिसिङलाई पुनः नियुक्ति गर्ने विषय टुङ्गो लागेको छ ।’ मन्त्रिपरिषद स्रोतले भन्यो ।

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् ।


Last Updated on: August 10th, 2021 at 10:14 am
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया