मंगलबार ०३ जेठ २०७९

काठमाडौं, असोज ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले खुट्टा ढोग्न लगाउनु भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोग्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फेसबुक, टीकटकदेखि ट्वीटरसम्ममा प्रधानमन्त्रीको यो भिडियोको चर्चा भएको हो । सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना गरिएको छ ।

काठमाडौ- अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ । यो एउटा कन्दमुल हो । यसको सेवन प्राय मानिसहरुको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुने गर्दछ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ ।

यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।गर्भवती महिलाका लागि अदुवा त्यति उचित मानिदैन यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

प्रतिकृया दिनुहोस

छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन्।

छोरा हालसम्म हिरासत मै छन् भने यता ड्रग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन् । यतिसम्म कि तीन वर्षपछि निर्माण भइरहेको उनको चलचित्रको काम पनि यतिबेला रोकिएको छ ।

विज्ञापन दाता कम्पनीहरुले उनी अभिनित विज्ञापन बजाउन रोक्न शुरु गरिसकेका छन् । बायजुले त विज्ञापन शुरुमै रोकिसकेको छ ।

शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसै गरी भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरि सकेका छन् ।

जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ । फोर्ब्सका अनुसार शाहरुख खानको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु छ । अहिले ड्रग्सको विवादपछि नयाँ विज्ञापन तथा फिल्महरु पाउने अवस्था छैन ।

 


Last Updated on: October 17th, 2021 at 12:21 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया