सोमबार ११ आश्विन २०७८

काठमाडौं- मोटरसाइकलको ठ क्कर दिँदा नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराती ठ क्कर दिएको थियो । ठ क्कर दिएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएपनि उपचारकै क्रममा उनको मृ त्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी भएका उनी हाल निलम्बनमा परेका थिए ।


Last Updated on: August 10th, 2021 at 11:53 am
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया