सोमबार ११ आश्विन २०७८

काठमाडौं। जिम्मेवार पेसामा रहेपछि कहिलेकाहीँ आफ्नो ठूलो पी,डालाई पनि मनभित्रै द,बाएर कर्तव्यमा खटिनुपर्छ । अघिल्लो महिना सिन्धुपाल्चोकको मेलम्चीमा एक पत्रकारले आफ्नै घरखेत ब,गाएको समाचार रिपोर्टिङ गरे । २०७२ मा विनाशकारी भूकम्पका बेला कैयौं सैनिक, सशस्त्र प्रहरी र प्रहरीका जवानहरुले आफ्नो घर भ,त्किएको खबर थाहा पाउँदापाउँदै अन्यत्रै उद्धारकार्यमा खटिनुपरेको थियो । केही वर्षअघि एक महिला समाचारवाचिकाले लाइभ टेलिभिजनमा आफ्नै श्रीमानको दु,र्घटनामा मृत्यु भएको समाचारवाचन गरेकी थिइन् ।

यस्तै अत्यन्तै पी,डादा,वी घटना भारतको छत्तीसगढमा भएको छ । छत्तीसगढको दंतेवाडामा सोमबार एउटा ट्रेक्टर ट्रली पल्टिँदा ४ जनाको मृत्यु भयो । संयोगले त्यतिबेला दुर्घटनास्थलभन्दा केही दूरीमा डिस्ट्रिक्ट रिजर्भ ग्रुपको एक समूह अर्कै अभियानका लागि आएका थिए । दुर्घटना भएको देखेपछि डिआरजीका जवानहरुले तत्काल उद्धार कार्य थाले । यस क्रममा डिआरजीका एक जवानको हातमा आफ्नै आमाको ला,श आयो ।

ती जवानलाई दुर्घटनाग्रस्त ट्रेक्टरमा आफ्नी आमा पनि थिइन् भन्ने थाहा थिएन । अचानक आफ्नै हातमा आमाको लाश आएपछि मात्रै उनले आमा पनि ट्रेक्टरमा भएको थाहा पाएका थिए । तेलम टेटम क्षेत्रमा सर्च अभियानमा निस्किएका डिआरजीका जवानहरुले मानिसहरु आ,त्ति,एर चि,च्या,एको सुनेपछि त्यहाँ आउँदा ट्रेक्टर तलाउमा डु,बेको देखेका थिए । उनीहरु तत्काल उद्धारको लागि तलाउमा हा,x म्फा,ले ।

उद्धारका लागि हा,x म्फा, ल्ने जवानहरुमध्ये वसु कवासी पनि थिए । उनीहरुले घाइतेहरुलाई बाहिर निकालेर अस्पताल पठाउन थाले । ट्रली उल्टिएको देखेपछि उनीहरुले ट्रलीमुनि पनि खोजी गर्न थाले । वसुको हातमा एक महिलाको श,व आयो । उनले श,व बोकेर बाहिर लिएर आए । बाहिर ल्याएर शव हेर्दा आफ्नै आमालाई देखेपछि उनी त्यहीँ रु,न थाले । उनलाई उनकासाथीहरुले स,म्हालेका थिए ।


Last Updated on: August 10th, 2021 at 1:53 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया