शुक्रबार १७ मंसिर २०७८

यतिबेला बलिउडका बादशाह शाहरुख खान तनावमा रहेका छन् त्यो पनि छोरा आर्यन खानको कारण । आर्यन ड्रग्स केसमा अहिले एनसीबीको हिरासतमा रहेका छन् । उनलाई अहिले मुम्बएैका् आर्थर रोड जेलमा राखिएको छ । आर्यन खान जेलमा पुगे संगै यतिबेला शाहरुख खान मिडियामा छाइरहेका छन् । उनका बिषयमा अनेक टिकाटिप्पणीहरु आई नै रहेका छन् । यसैक्रममा शाहरुख खानको ७ बर्ष अघिको एउटा भिडियो अहिले आएर एकदमै भाइरल भएको छ ।

उनले आफ्ना छोरा छोरीको बारेमा ७ बर्ष अघि एकदमै राम्रो गुणगान गाएका थिए । सन् २०१४ मा शाहरुखले एउटा अन्तर्वातामा आफ्ना दुई छोरा आर्यन र अम्ब्राहम, अनि छोरी सुहानाको बारेमा राम्रो कुरा मात्र गरेका थिए । उनले ३ नै जना छोरा छोरी आफु भन्दा असल र राम्रा रहेको प्रतिक्रिया दिएका थिए । उनले उक्त भिडियोमा आफ्नो छोराछोरीले उनीहरुको इच्छाअनुसार जुनसुकै काम गर्न पाउने बताएका थिए । उनले भने म केवल उनीहरुको स्वस्थ र सुखी जीवन चाहन्छु ।’

उनले आफ्ना छोराछोरीलाई यहि बन्नु पर्छ भनेर कहिले पनि दबाब नदिने समेत बताएका थिए । उनीहरुको ईच्छा अनुसार जे बन्न मन लागछ त्यहि नै आफुलाई सहि लाग्ने बताएका थिए शाहरुख खानले । उनले आफ्नो कुनै पनि बानी ब्यवहार छोरा छोरीमा नसरेको भन्दै गालाको डिम्पल मात्र सरेको प्रतिक्रिया दिएका थिए । आफ्ना छोरा छोरीलाई शाहरुखले निकै असल र ज्ञानी रहेको प्रतिक्रिया दिएका थिए ।

शाहरुख खानले आफ्ना बच्चाहरुमा कहिल्यै कडा ब्यवहार नगरी साथीको जस्तो ब्यवहार गरेको बताएका थिए । अहिले उनको यो भिडियो भाइरल भइरहेको छ जबकी उनका छोरा आर्यन ड्रग्सको केसमा जेलमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 19th, 2021 at 2:02 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया