आइतबार १९ मंसिर २०७८

सन् २०२० मा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात् एनसीबीले बलिउडमा सफाइ अभियानको सुरुवात गरेको थियो ।

फिल्मी दुनियाँबाट ड्रग सलाई जरै देखी निकाल्नको लागि समीर वानखडे तथा उनको टिमले बलिउड स्टार्सलाई आफ्नो घेरामा लिएका थिए ।

यस क्रममा सुशान्त सिंह राजपूतकी गर्लफ्रेण्ड तथा नायिका रिया चक्रवर्ती पक्राउ परिन् । यस वर्ष फेरी चर्चित बलिउड स्टार शाह रुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । रिया चक्रवर्तीलाई ८ सेप्टेम्बर २०२० मा एनसीबीले गिरफ्तार गरेको थियो ।

उनी लगभग १ महिना सम्म जेलमा बसेकी थिइन् । रियालाई मुम्बईको बायकुला जेल बाट ७ अक्टोबरमा रिहाइ मिलेको थियो । तर यता आर्यन खानलाई भने ठिक एक वर्ष पछि अक्टोबर ७ तारिककै दिन किला कोर्टले १४ दिनको न्यायिक हिरासतको सजाय सुनाएको थियो ।

यी दुवै पात्र बिच समानता रहेको छ । त्यो के हो भने २८ बर्सिया रियाको तथा आर्यनको साथ बाट भने कुनै ड्रग बरामद भएको थिएन । दुवैले यस केसमा फोनको प्रयोग गरेको पाइएको छ ।

त्यसैले एनसीबीले आफ्नो सोच यस्तो बनायो कि यी दुवैको सम्बन्ध ठुलै ड्रग्सको गिरोह सँग रहेको छ । रियाले आफूले ड्रग खरिद गरेर सुशान्त सिंह राजपूतलाई सप्लाई गर्ने गरेको उनकै मोबाइल फोन तथा व्हाट्सएप बाट खुलेको थियो ।

त्यस्तै आर्यनको पनि व्हाट्सएप च्याट तथा उनले प्रयोग गरेको मोबाइल फोन उनकै लागि भलिने बनेको छ । यसैलाई लिएर एनसीबीले अनुसन्धान गरिरहेको छ ।

 


Last Updated on: October 21st, 2021 at 4:09 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया