मंगलबार १४ मंसिर २०७८

काठमाडौं, जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिड न्तमा ज्यान गुमाएका गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरको भारतमै अन्त्यष्टि भएको छ । भारतीय सेनामा रहेका नेपालीहरुको ज्यान गए श व नेपाल समेत ल्याउन पाइदैन ।छोरोको मृ त्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी (अर्जुनकी श्रीमती) सहित आफन्तको साथ बुधबार नै घरबाट गएका थिए । गोली लागेर अर्जुनको निधन भएपछि उनकी श्रीमती सरिता थापा मगर र ७० बर्षीय बाबु प्रेम बहादुर थापा सहित केही गाउँलेहरु बिहीबार पश्चिम बंगाल पुगेका हुन् ।

अर्जुनको पार्थिव शरिरलाई भारतीय सैनिकले उच्च सम्मान गर्दै पश्चिम बंगलको बागडोगरा सैनिक क्याम्पमा अन्त्येष्टि गरिएको हो । अर्जुनलाई भारतको झण्डा ओढाएपछि उनका बाबुले दा ग बत्ती दिएका थिए ।कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको श व ल्याएको थियो। भारतीय सेनाले श व यात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दागबत्ती दिए।भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको श व लाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पी डामा छन्।

छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे। भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले श व नेपाल ल्याउन नसकिएको बताइएको छ । भारतीय झण्डा ओढाएर उच्च सम्मानका साथ अन्त्यष्टि गर्नुपर्ने भएकाले भारतले श व नेपाल ल्याउन दिँदैन ।कतिपयले भने निकै जोडवल गरेर भएपनि नेपाल ल्याएका उदाहरण भने छन् । नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा विरोध हुनसक्ने भएकाले भारतले सकेसम्म नेपाल श व ल्याउन दिँदैन ।

विपन्न अर्जुनको परिवारले जोडवल गर्न नसकेका कारण उनको अन्त्यष्टि पनि भारतमै गरिएको हो ।६ महिना अघि विवाह गरेका अर्जुनकी श्रीमतीको वेहाल भएको छ ।फोनमा कुरा गर्दा गर्दै आफ्ना पति गुमाएकी अर्जुनकी श्रीमती अर्ध मुर्छित अवस्थामा छन् ।‘फोन राख राख… यहाँ आ’तंकवा’दी आएजस्तो छ।’ मंगलबार बेलुकी गोरखा नगरपालिका-५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने।अर्जुनले यति भन्नासाथ कल का’टियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्।

प्रार्थना गरिन्- नराम्रो केही नहोस्। उनलाई आश थियो-एकछिनमै म्यासेन्जरमा फेरि श्रीमानको फोन आउनेछ। घन्टा बित्यो। रात सकियो। बुधबार बिहान भयो। तर अर्जुनको फोन आएन। सरिताले तारन्तार फेसबुक स्क्रोल गरिरहिन्। अहँ, अर्जुनको प्रोफाइल पिक्चरमा फेसबुकले हरियो देखाउँदै देखाएन। उनको मोबाइल पनि स्विच अफमात्र भनिरह्यो। बुधबार बिहान अर्जुनका साथीको मोबाइलबाट सरितालाई एउटा एसएमएस आयो। लेखिएको थियो- दु:खद खबर छ। म्यासेज पढेर सरिताको मन चिसो भयो।एकछिनमा त फोन नै आयो।

सरितासँग कुरा गरेको केही समय नबित्दै अर्जुनलाई गो ली लागेछ। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दका अनुसार पाकिस्तानी सेनाले भारतीय भूमिमा छिर्ने प्रयास गरेकाले खारी थरेत जंगलमा दुबै पक्षबीच गो लाबा री भएको थियो। सोही गोलाबारीको संकेत पाएर अर्जुनले श्रीमतीसँग फोन काटेका थिए। अर्जुन १० दिनअघि मात्र घरबाट कस्मिरका लागि हिँडेका थिए। ११ कक्षा पढ्दापढ्दै इन्डियन लाहुरे भएका ‍उनी महिना दिनको छुट्टीमा आएका थिए। घरका एक्ला छोरा अर्जुन र सरिताबीच गत असारमा विवाह भएको थियो। ‘म्यासेन्जरमा कुराकानी भइरहेको थियो।

एक्कासी फोन राख यहाँ आतंकवादी आएजस्तो छ भन्नुभएछ,’ अर्जुनकी श्रीमती सरितालाई उद्धृत गर्दै उनकी छिमेकी सानु थापा मगरले भनिन्, ‘त्यसपछि अर्जुन बाबु सम्पर्कमा आउनुभएन। अनलाइन पनि आउनुभएन। फोन पनि लागेन। पछि साथीले एसएमएस गरेर दु:खद खबर छ मात्रै भन्नुभएको थियो।’एक महिना गाउँ बसेर केही दिनअघिमात्र फर्किएका कलिला अर्जुनको मृत्युको खबरले रिप गाउँ शो कमा डुबेको छ। ‘त्यस्तो काम त केही थिएन तैपनि एक महिनाका लागि अर्जुनबाबु छुट्टीमा आउनुभएको थियो। गएको दुई साता नहुँदै नराम्रो खबर सुन्नुपर्दा गाउँ नै शोकमा छ,’ उनले भनिन्।

अर्जुनकी आमा बितिसकेकी छन्। घरमा उनका बुवा, श्रीमती र एक बहिनी छन्। भारतीय सेनाले शव बुझ्न काँकडभित्ता आउन भनेको छ। अर्जुनका बुबा र सरितासहित केही गाउँले काँकडभित्ता हुदै भारत गएका छन्।‘आमाले छाडेर गइसक्नुभयो। अर्जुनबाबु पनि हुनुहुन्न भन्ने खबर छ,’ सानुले भनिन्, ‘उहाँ सानैदेखि मिलनसार हुनुहुन्थ्यो। राम्रो मान्छेलाई भगवानले चाँडै लैजाने रहेछ।’ गत वर्ष नरेन्द्र मोदी सरकारले जम्मु कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरिदिएपछि भारत-पाक सम्बन्ध तनावपूर्ण रूपले अघि बढिरहेको छ।

जम्मु कस्मिरको लाइन अफ कन्ट्रोलमा बेलाबेलामा दुबै देशका सेनाबीच गो लाबा रीका घटना भइरहन्छन्। सुरक्षा व्यवस्था कायम राख्न जम्मु कस्मिरमा भारतले सुरक्षाकर्मी पहिलाभन्दा थपेको छ। त्यसमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट सैनिकहरू पनि धेरै छन्।बिहे गरेका १२ दिन अघि छुट्टि सकेर फर्किएका थिए अर्जुन, श्रीमतिको यस्तो बेहाल, उनको निधन संगै सिंगो गाउँ सोकमा !गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शो कमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन।

नागरिक दैनिकमा समाचार छ, जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिड न्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ। छोरोको मृ त्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी (अर्जुनकी श्रीमती) लाई लिएर केही आफन्तको साथ बुधबार नै घरबाट निस्किए। उनीहरु काकड्भिट्टासम्म श व लिन भनेर हिँडेका छिमेकी नन्दकुमारी थापामगर बताउँछिन्। घरको चुल्हो बलेको छैन। रछ्यानमा सुकाइएका भाँडा यसै छन्। गाई र बाच्चाबाच्छीले बिहानदेखि घाँस पराल खान पाएका छैनन्।

बिहीबार दिउँसो घर पुग्दा अर्जुनको दिदी पर्मिलाले कुरा गर्ने शाहस गरिनन्। भाईको बारेमा बोल्न, कुराकानी र परिवारको बारेमा बताउन उनलाई निकै गाह्रो लाग्थ्यो। उनी घर नै छाडेर गोठ भन्दा तल गाउँतिर लागिन्। अँध्येरो अनुहारमा गहिरो पि डाको झल्को महशुस गर्न सकिन्थ्यो। नचिनेकाहरुसँग त परको कुरा छिमेकीसँगै दोहोरो कुरा गर्ने मानसिकता उनको थिएन। छिमेकीहरु नजिकै एउटा घरमा बसेर अर्जुनको घर तर्फ हेर्दै मुखामुख गरिरहेका थिए। छिमेकी तुलकुमारी थापामगरले भनिन् ‘विहे गरेर भोज खुवाएको गएको असार २२ गते हो, बिचरा अहिले भिड न्तमा पर्यो भन्छन्।’

अर्जुनको आमा क्यान्सर रोग लागेर तीन वर्षअघि बितेकी रहिछन्। बाबु खेती किसानी गर्छन्। एउटी बहिनीको विहेवारी भईसक्यो। उनको ठुलीआमा नन्दकुमारीले थपिन् ‘एक महिना बसेर पुसको ५ गते फर्किएको थियो, विहे गरेर फर्केपछि पहिलो छुट्टीमा आएको थियो, अब कहिल्यै नआउने भो।’भूकम्पमा भत्किएपछि तला काटिएको पुरानो घर र नयाँ बनेको दुई कोठे घरमा उनको परिवार गुजारा गर्दै आएको छ। मुलढोकाको छेवैमा राखिएको भगवानको तस्बिर र भित्र छिर्नेबित्तिकै पूजा कोठा। भित्री कोठमा पुरानो फ्रेमभित्र आमा, बाबु र बहिनीहरुसँगको बाल्यकालको तस्बिर हेर्दा अहिल्यै बोलिहाल्ने जस्तो।

निकै दुः खले हुर्किएका अर्जुन बाबुलाई औधी माया गर्थे। अर्जुन लाहुरे भएपछि उनको बाबुलाई अफ्नो दुः खको दिन सकिएको खुसी छिमेकीसँग सुनाउँथे तर उनको खुसी पाँच वर्ष पनि पूरा टिकेन। घरमा बस्तुभाउ धेरै भयो भनेर उनी आफू भारतीय सेनामा जागिरे भएपछि एक हल गोरु बेचिदिएका थिए। भिडियो

 


Last Updated on: October 22nd, 2021 at 9:46 am
३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया