आइतबार १९ मंसिर २०७८

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

‘पानीले टहरो बाहिर जान पनि सकिएन। बर्साती हालेर पाल बनाएर मुनि बसेका थियौं। पानी आउँदा-आउँदै हामी बसेको ठाउँमा पनि पुग्यो,’ उनले भने। अब हुँदैन भा ग्नु पर्छ भनेर अग्लो ठाउँमा जान उनीहरू त्यहाँबाट भा गे। जंगलमा कहिल्यै नपसेको ठाउँमा गए। अलि माथि अग्लो ठाउँ पुगेपछि बसे। आगो बालेर माछा से क्न थाले। ‘त्यसपछि त हामी बसेको सुख्खा ठाउँमा खोलाजस्तो भएर बाढी आयो। अझ जंगलै जंगल माथि लाग्यौं। अब माथि पनि बाटो पाइएन,’ उनले भने। मध्यरातसम्म सुरक्षित ठाउँमा नपुगेपछि उनीहरू पानीले घेरिए।

‘आकाशबाट पानी परेको पर्‍यै छ। तल जमिनमा घेरिसक्यो, हिँड्न नसकिने भयो। पुरै जंगलमा पानी भरिन थाल्यो,’ उनले भने। जमिनमा मर्ने अवस्था आएपछि खडकबहादुरले ज्वाइँ र भतिजालाई रूख चढौं भने। ‘क म्म रसम्म पुग्ने पानी भयो। वरिपरि भरिन थालेपछि रूखमा चढ्यौं,’ उनले भने। साथमा लगेका सामान खडकबहादुरले माथि रूखमा चढेका भतिजा र ज्वाइँलाई दिए। उनलाई लाग्यो- अब जंगलमै मरिने भइयो! उनीहरू मंगलबार उज्यालो हुँदा रूखमै थिए। पानी निकै बढेको थियो। जाने बाटो सबैतिरबाट बन्द भयो।

गाउँमा उनीहरू बेप ‘त्ता भएको हल्ला फैलिइसकेको थियो। प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए। तेस्रो दिन चिसापानीबाट उनका केही आफन्तले प्रहरीसँग र्‍याफ्टमा खोज्न जानुपर्ने भने। प्रहरीले जोखिम हुने भन्दै र्‍याफ्टिङ गर्न अनुमति नदिएपछि उच्च सतर्कता अपनाउने जिम्मा लिएर उद्धार टोली कर्णालीमा पस्यो। टोलीमा खडकबहादुरका छोरा, स्थानीयहरू पनि थिए। उनीहरू नदी किनार खोज्दै ठूलो स्वरले कराउँदै दक्षिणतर्फ गइरहेका थिए। आवाज सुनेर खडकबहादुर पनि कराए। उद्धार टोली उनीहरूको आवाज सुन्दै नजिक पुग्यो। उनीहरू पनि रूखबाट झरेर कर्णालीतिरै आए।

उनीहरूलाई र्‍याफ्टिङमा बसालियो। लाइफ जाकेट लगाउन दिइयो। तीनै जनाको उद्धार भयो। ‘हेलिकप्टर लगेर हामीलाई खोज्न आउने भन्ने पनि भएको रहेछ, कुहिराले भएन रे,’ खडकबहादुरले भने। दुई रात रूखमा बसेका उनीहरू तेस्रो दिन घर फर्के। ‘हिजो त खाना नै खाइएन। रूखमै बस्यौं। हामीसँग २/३ किलो माछा थियो, उद्धार गर्न आएकाहरूलाई नै दिएँ,’ उनले भने। उनीहरू कर्णालीमा सकुशल पुगेपछि आर्मी र प्रहरी पनि आएका थिए। गाउँले र पार्टीका मान्छे पनि आए। सबैले सम्बोधन गरे।

 


Last Updated on: October 22nd, 2021 at 10:47 am
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया