आइतबार १९ मंसिर २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडीको मासिक तलब १८ हजार भएको खुलासा भएको छ। राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले खेलाडीको मासिक तलब १८ हजार रहेको जानकारी दिएका छन्।यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको तलब भने मासिक करिब एक लाख रहेको छ। ग्यालेक्सी टेलिभिजनमा प्रसारण हुने कार्यक्रम जिबेटमा कुरा गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले आफ्नो तलब करिब एक लाख भएको स्वीकार गरेका छन्।

त्यसपछि कार्यक्रम प्रस्तोता निमेश बन्जाडेले खेल मैदानमा देशका लागि लड्ने, गाली खाने र ताली खाने खेलाडीलाई चाँहि त्यति थोरै तलब र एन्फा पदाधिकारीलाई त्यति धेरै तलब यो सुहाउँदो भयो त ? भनेर प्रश्न गरेका थिए। जवाफमा महासचिव तुलाधरले एन्फामा कोषाध्यक्ष र महासचिवले मात्र सो मात्रामा तलब बुझ्ने बताएका थिए।

अन्तरवार्तामा कप्तान चेमजोङले खेलाडीहरुका लागि सेवा, सुविधाहरु कम भएको स्वीकार गरेका थिए। साफ च्याम्पियनसीपको फाइनल खेलमा ५ मिनेटमा टोली चुक्दा हार बेहोरेको पनि उनले बताएका छन्।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लाग

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

प्रतिक्रिया

 


Last Updated on: October 22nd, 2021 at 12:21 pm
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया