शुक्रबार १७ मंसिर २०७८

काठमाडौं ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरी फरार भएका छन् ।

मध्य रातमा आएका उक्त समुहले डियुटीमा खटिएको सुरक्षा गार्डलाई कुटपटि गरी आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनु साथै ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेको त्यस अस्पतालकाप्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.विश्ववन्धु बगाले जानकारी दिएका छन् ।

सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको र उनीहरुले तोडफोड गरेको समेत सिसिटिमा कैद भएको समेत उनले बताएका छन् । उक्त समुहले प्रयोग गरको मोटरसाइकल भने नियन्त्रणमा रहेको छ ।

उक्त घटनाको विषयमा भने इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको छ । दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग समेत गरिएको छ ।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

 

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 22nd, 2021 at 12:51 pm
३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया