मंगलबार १४ मंसिर २०७८

प्रधानाध्यापक र १६ वर्ष देखि एउटै स्कुलमा कार्यरत शिक्षिकाको निधनमा बिद्यालय बन्द

काठमाडौं, कात्तिक ५ – आफैले चलाएको बोलेरो पल्टिँदा काभ्रेमा एक प्रधानाध्यापकको निधन भएको छ । गएराति बोलेरो पल्टिँदा घाईते हुनुभएका चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय छेडाका प्रधानाध्यापक कमल श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका नुसार प्रधानाध्यापक श्रेष्ठले हिजो दिउँसो ३ बजेतिर दोलालघाटबाट सामान लिएर आफ्नो घरतर्फ जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो बिचबाटोमै दुर्घटनामा परेको हो । बोलेरो भुम्लु गाउँपालिकाको वडा नम्बर ५ को जामुने खोला नजिक दुर्घटनामा परेको थियो ।

बोलेरोमा प्रधानाध्यापक श्रेष्ठमात्रै सवार हुनुहुन्थ्यो । ४९ वर्षीय प्रधानाध्यापक श्रेष्ठको उपचारको क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दोलालघाटबाट सामान लोड गरेर हिड्नु भएका श्रेष्ठसंग केहि समयपछि सम्पर्क टुटेपछि परिवार र आफन्तले दोलालघाटबाट सामान लिएर गएको बोलेरोका चालकसंग सम्पर्क छुटेको खबर फलाँटे प्रहरी चौकीलाई दिए ।

आफन्त सहित फलाँटे प्रहरी चौकीले आफ्नो क्षेत्रको सबै सडक हेर्यो । दुर्घटना भएको कतै फेला परेन । त्यसपछि सल्लेभुम्लु प्रहरी चौकीले खोज्दा जामुने खोलामा दुर्घटना ग्रस्त अवस्थामा बोलेरो र प्रधानाध्यापक श्रेष्ठलाई प्रहरीले फेला पारेको थियो ।

लगत्तै प्रहरीले घाईते प्रधानाध्यापक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठायो । उपचार सम्भव नभएपछि चिकित्सकहरूले प्रधानाध्यापक श्रेष्ठलाई आज बिहान मृत घोषणा गरे ।

सामानको लोडले भरिएको बोलेरो उकालो चड्न सकेन । दुर्घटना स्थलमा सडक पनि बिग्रिएको थियो । फोरह्वील लगाउने क्रममा उकालोमा रहेको बोलेरो पछाडि सर्यो र दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

यस्तै, मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको भानुभक्त मेमोरियल सेकेन्डरी स्कुलमा कार्यरत शिक्षिका बिमला राईको बिहिबार बिहान मृत्यु भएको छ । शिक्षिका राईको मृत्यु भएपछि बिहिबार र शुक्रबार २ दिन शोकमा बिद्यालय बन्द भएको बिद्यालय प्रशासनले जनाएको छ ।

विगत १६ वर्ष देखि सो स्कुलमा बालबालिकाको सिकाइमा ब्रान्ड मिसको रुपमा रहेकी राईको विहान २ वजे असामयिक निधन भएको बिद्यालयका शिक्षक शिव काफलेले जानकारी दिए ।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

 

 

 


Last Updated on: October 22nd, 2021 at 1:03 pm
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया