मंगलबार ०३ जेठ २०७९

काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ की ईश्वरी भट्टराई र सिरहा कल्याणपुर नगरपालिका-४ का मोहम्मद नौसाद भक्तपुर कमलविनायकस्थित साह गार्मेन्टमा सँगै काम गर्थे। यो खबर खिलानाथ ढकालले सेतोपाटी अनलाइनमा लेखेका छन् । एक वर्षयता २३ वर्षीय नौसाद र २७ वर्षीया ईश्वरीबीच ‘प्रेम’ सम्बन्ध झ्यांगिएको थियो। ईश्वरी विवाहित हुन्। एक छोरा छन्। अविवाहित नौसाद र ईश्वरीको प्रेमको बीचमा ‘पर्खाल’ बनेकी थिइन्, आमा साबित्री भट्टराई।

तिनै साबित्रीलाई प्रेम सम्बन्धमा बाधा पुर्‍याएको भनी छोरी ईश्वरीले हxत्या गराइन्, आफ्नै प्रेमी नौसादबाट। प्रहरीका अनुसार डेढ महिनाअघि ६० वर्षीया साबित्रीको हत्या योजना बनेको हो। सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका-५ की साबित्री ९ वर्षदेखि कान्छी छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन्। कान्छी ल्याएर श्रीमान् दोलखा बस्न थालेपछि साबित्री छोरीको घर आएकी थिइन्।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो।

 


Last Updated on: October 22nd, 2021 at 1:32 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया