शुक्रबार १७ मंसिर २०७८

गुल्मी । ‘बुटवलबाट तम्घास आइपुगियो, भनेपछि छोरीले ड्राइभरलाई तम्घासको मेरो कोठा नजिकै गाडी रोकी दिनुस् है । आमाको औ’षधी छ, लगेर घरमा जानु पर्छ भनेर भनिन् ।कोखैमा बसेकी जुनाले तम्घासको पसलेलाई फोन गरेर पसलको सामान निकाल्न लगाउँदै थिइन् । रातको समय अफ्ठ्यारोबाट बाँचेर आइयो भनेर सुखको सास फेर्दै थियौं । तर तम्घासको मुखैमा पाँचराते भन्ने ठाउँमा आइपुग्दा एक्कासी भिरमा जिप पल्टियो ।

दुई चार भल्र्याङ्ग खाने बेलासम्म छोरीले मेरा हात समाउँदै कति बेला म माथी उनी र कति बेला उनी माथी म च्याँ’पिदै थियौं ।छोरीले मेरो हात समातेको समातै थिइन् । तल अन्तिम भर्लाङ्ग खाने बेलासम्म छोरीले यी मेरा औलाहरु अठ्याई राखेकी थिइन् ।

मैले कान्छि भनेर बोलाए पछि हुँ… भन्ने जवाफ दिइन । केहि बेरपछि मान्छेहरु आएर उठाए । माथी बाटोमा लगेर पनि मैले छोरीको गाल सुम्सुमाउँदै बोलाएँ । हुम्… भन्ने आवाज निकाल्दै थिइन् , त्यसपछि मैले केहि थाह पाइन ।’असोज २८ गते नवरात्रीको

राती करिव साढे १० बजेको समयमा गुल्मीको सदरमुकाम तम्घास नजिकै पाँचराते भन्ने स्थानमा जिप दु’र्घटनामा परी १९ वर्षीया छोरी संगिता सुनारलाई गुमाएकी आमा सुमित्रा सुनारको विलौना थियो त्यो । उनीहरुको घर जिल्ला कै मुसिकोट नगरपालिका–३ चुँदरीगाउँ हो ।‘तम्घास तिरबाट एउटा बस आयो, हाम्रो गाडी बिस्तारै आउँदै थियो ।

हामीले साइड दिएपछि बस अगाडी बढ्यो । त्यसपछि हामी विस्तारै अगाडी बढिरहेको बेला एक्कासी तल खस्यौं ।मैले गाडीको सिट तलको फलाम समातिरहें । दुई भल्र्याङ्ग खाने बेलासम्म म तल खसे त्यस पछि शकुशल बाहिर निस्के मलाई केहि भएन ।’ घटनाको बेलिबिस्तार सुनाउँदै उनले भनिन् ।

दशैंमा यसरी निम्तियो दशा-दशै भित्रिए लगत्तै घर–घरमा लिपपोत र सरसफाई सुरु भएको थियो । खानपिनको दृष्टिले फुलपातीको दिनदेखि नै त्यस चुँदरीगाउँमा खास दशैं भित्रिएको थियो । किन कि फुलपातीको दिननै त्यस गाउँमा मासु का’टिएको थियो ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

 


Last Updated on: October 22nd, 2021 at 2:23 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया