
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्र बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले एक कार्यक्रमकाबीच संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने बताए ।‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् । कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।
कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।
पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने
लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।
‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।
‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।
‘पानीले टहरो बाहिर जान पनि सकिएन। बर्साती हालेर पाल बनाएर मुनि बसेका थियौं। पानी आउँदा-आउँदै हामी बसेको ठाउँमा पनि पुग्यो,’ उनले भने। अब हुँदैन भा ग्नु पर्छ भनेर अग्लो ठाउँमा जान उनीहरू त्यहाँबाट भा गे। जंगलमा कहिल्यै नपसेको ठाउँमा गए। अलि माथि अग्लो ठाउँ पुगेपछि बसे। आगो बालेर माछा से क्न थाले। ‘त्यसपछि त हामी बसेको सुख्खा ठाउँमा खोलाजस्तो भएर बाढी आयो। अझ जंगलै जंगल माथि लाग्यौं। अब माथि पनि बाटो पाइएन,’ उनले भने। मध्यरातसम्म सुरक्षित ठाउँमा नपुगेपछि उनीहरू पानीले घेरिए।
प्रतिक्रिया