आइतबार १९ मंसिर २०७८

काठमाडौं । नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ । उनले १२ महिना लगाएर यो एप तयार पारेको जनाएका छन् । विहिवार सामाजिक सञ्जाल मार्फत यसवारे जानकारी दिँदै उनले आफ्नो मेहनत सफल भएको बताएका छन् ।फेसवुक मार्फत उनले यो एप इजरायलको चर्चित एप स्टुडियो जिपो एप्सले खरिद गरेको उल्लेख गरेका छन् । उनले फेसवुकमा त्यसको मुल्य नखुलाएको भएपनि ८३ हजार डलर (करिब ९९ लाख ४४ हजार रुपैयाँ) मा कम्पनीले खरिद गरेको बताइएको छ ।

काठमाडौं विश्वविद्यालबाट दुई वर्षअघि स्नातकमा जियोम्याटिक्स इन्जिनियरिङ सकाएका न्यौपानेले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यो एप विकास गरेका हुन् ।

न्यौपानेका अनुसार यो किबोर्ड एप विभिन्न देशका १८ भाषामा चलाउन सकिन्छ । नेपालमै बसेर एप डिजाइन, डेभलपमेन्ट र मार्केटिङ गरिरहेका दिनेश छोटो समयमै पोर्चुगिज, स्पेनिस लगायतका विश्वका लोकप्रिय भाषामा किबोर्ड सोलुसन दिन सफल बने ।

हाल एन्ड्रोइड प्लेटफर्ममा यो एप ३४ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । उनका अनुसार गुगल प्ले स्टोरको पर्सनलाइनसेजन क्याटेगोरीमा यो एप ७० भन्दा बढी देशमा शीर्ष ५० र १५ देशमा शीर्ष २० स्थानमा छ ।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

 

प्रतिक्रिया

 


Last Updated on: October 22nd, 2021 at 5:03 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया