शुक्रबार १७ मंसिर २०७८

शिक्षिका मृ,त फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेशन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झु, x ण्डि, x ए, x को अवस्थामा मृ,त फेला परेपछि एमालेको वडा अधिवेशन स्थगित गरिएको हो ।

शिक्षिका मृ,त फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त भएपछि ८ कात्तिकमा गर्ने गरी वडा अधिवेशन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिवेशन सम्पन्न भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिवार ६८ वडाको अधिवेशन सर्वसम्मत ढङ्गले टुंगिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिवेशनको बन्द सत्र आइतबार हुने एमालेले जनाएको छ ।

शनिवार उद्घाटन गरेर बन्द सत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेशन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । वडा अधिवेशनको तयारी नपुगेको भनिए पनि त्यही वडामा सदस्यता विवाद रहेको बताइएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेशन पनि स्थगित भएको छ । साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेशनको बन्द सत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदै छन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित सदस्य चयन गर्ने छन् ।

९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

 


Last Updated on: October 24th, 2021 at 11:37 am
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया