सोमबार ०४ आश्विन २०७८

काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् ।“दुई/दुईसय गरेर दुईवटा स्क्रिनमा चारसय सिट हुनेछन्,” दीपक भन्छन्, “करिब ९ करोड लगानी हुने हाम्रो अनुमान छ ।” दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ ।“सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना हो । पुरानो योजना अनुसार नै हल निर्माण गरिएको हो,” दीपक भन्छन्, “हामी यही क्षेत्रको मान्छे भएकाले चलचित्रबाट कमाएको पैसा पनि यही नै लगानी गरौं भन्ने थियो । हामी आफैंले हल बनाउँदा चलचित्रकर्मीलाई पनि थप सहज होला भन्ने अपेक्षा हो ।


Last Updated on: August 10th, 2021 at 9:08 pm
४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया