मंगलबार १४ मंसिर २०७८

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्।

एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन्।

रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्। सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ।तर बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ। एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन्।

बलिउड अभिनेता शाहरुख खान यतिबेला चर्चामा छन्। उनका छोरा आर्यन खान जे’लमा छन् । धेरै मानिसहरु सोशल मिडिया मा चर्चा गरीरहेछन् कि आर्यन खान यी सबै चीजहरु भोग्दैछन् किनकि उनी शाहरुख खानका छोरा हुन्। सामाजिक सञ्जालमा शाहरुखको पुरानो अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनले यो कुरा उल्लेख गरेका छन् । भिडियो क्लिपमा शाहरुखले मेरो नामले कतै छोराछोरीको जीवन बिगार्न सक्छ र म यस्तो भएको देख्न चाहन्न भन्छन् ।

भिडियो भाइरल भइरहेको छ
सन् २००८ को एक भिडियो भाइरल भैरहेको छ। शाहरुख खान एक जर्मन टिभी च्यानललाई अन्तर्वार्ता दिइरहेका थिए । यसमा उनले आफ्नो ख्यातिले छोराछोरीमा कसरी नराम्रो प्रभाव पार्न सक्छ भन्ने बताएका छन् । कतिपय अवस्थामा उनीहरुलाई पनि यसले हानि पु¥याउन सक्छ । शाहरुख खानले जीवनमा मलाई परिवारको लागि विशेष गरी बच्चाहरुका लागि डर छ, उनी मेरो छायाँमा नआओस् भन्ने आशा राखेको बताएका छन् । मेरो सबैभन्दा ठूलो डर मेरो प्रसिद्धि हो। म उनीलाई मेरो प्रसिद्धि संग ल डेको देख्न चाहन्छु, उनीहरुले सोचुन की मेरो बुवा भन्दा म ठिक छु । म शाहरुख खानको सन्तान हुँ र सबै कुरा सजिलै पाउन सक्छु भन्ने सोच्न छोराछोरीमा आएको हेर्न चाहन्न ।

शाहरुख खानले आफ्नो जीवनमा मेरो प्रसिद्धि वा नामको कुनै नराम्रो प्रभाव नपरोस् भन्ने चाहन्न पनि भनेका छन् । म केवल उसको बुबा को रूपमा मात्र रहन चाहन्छु यसैमा विश्वास गर्दछु। म उसलाई शाहरुख खानको छोरा हो भन्ने पहिचानबाट नचिनुन् । उसले आफ्नो पहिचान बनाउनु पर्छ र राम्रो काम गर्नु पर्छ, प्रसिद्धि पाउनु पर्छ।

 

 


Last Updated on: October 24th, 2021 at 12:37 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया