शुक्रबार १७ मंसिर २०७८

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए ।

फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले शनिबार (भोलि)बाट काम सुरु गर्नेछ ।

‘हामी सबै तयारी गरिरहेका छौं । सबै मिलेमा भोलिबाट छायांकन सुरु गर्नेछौँ’, निर्देशक गुरुङले भने । उनले कबड्डीदेखि नै मुस्ताङको कथालाई देखाउँदै आएका छन् । काजीको प्रेम यात्रा भनिएको कबड्डीको चौथो सिरिजलाई ‘कबड्डी ४ : फाइनल म्याच’ भनिएको छ ।

फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहनेछ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसैवर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्नेछ ।

निर्देशक गुरुङ वितरकहरूसँगको सल्लाहमा मात्र डेट घोषणा गर्ने बताउछन् । ‘छायांकन सकिएपछि बाँकी काममा लाग्ने समयको अनुमान गरेर फिल्म रिलिज घोषणा गर्ने छौँ’, निर्देशक गुरुङले भने ।

फिल्म ‘कबड्डी’को चौथो सिरिजमा अभिनेत्री मिरुनाको इन्ट्री

बेलायतमा परिवारसँग बस्दै आएकी मिरुना कबड्डीको चौथो सिरिजको यो फिल्मको वर्कसपका लागि गएको हप्ता काठमाडौं आइपुगेकी छन् ।

मिरुनाले फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् भने त्यसपछि फिल्म रोज, साइँनो र चच हुईंमा काम गरेकी थिइन् । कबड्डी-४ मा मिरुनासँगै गौमाया यात्री पनि छनौट भएकी छन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्नेछिन् । निश्चल बस्नेतको यस फिल्ममा केमियो भूमिका रहने निर्माण टिमले जानकारी दिएको छ ।

 


Last Updated on: October 24th, 2021 at 2:12 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया