बिहिबार ३१ भाद्र २०७८

एजेन्सी, २७ साउन । अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिक सहित ४२ जनाको मृत्यु भएको छ ।

आगलागी नियन्त्रणमा खटिएका धेरै सैनिकहरु ज,लेर घा,इते भएका छन् । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् ।

केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जंगल न,ष्ट भएको छ । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।


Last Updated on: August 11th, 2021 at 8:49 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया