सोमबार ११ आश्विन २०७८

काठमाडौं। संयुक्त अरब इमिरेट्सको एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स आफ्नो नयाँ विज्ञमपनका कारण चर्चामा छ । एयरलाइन्सको यो विज्ञापन संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पोमा खिचिएको छ । कम्पनीले शेयर गरेको भिडियोमा एक महिला एयरलाइन्स क्रु सदस्यको पोसाकमा बुर्ज खलिफाको टुप्पोमा उभिएको देख्न सकिन्छ ।

 

 

यी महिलाको हातमा केही बोर्डहरु छन् र उनी त्यसमा लेखिएको कुरा पालैपालो देखाउँछिन् । महिलाको नाम निकोल स्मिथ लुडविक हो । इमिरेट्स एयरलाइन्स युएइको सबैभन्दा ठूलो एयरलाइन्स हो । संसारकै सबेभन्दा अग्लो भवनको टुप्पोमा उभिनु आफैंमा ठूलो साहसको काम हो । निकोलले इन्स्टाग्राममा भिडियो शेयर गर्दै यो आफूले गरेका रोमाञ्चक स्टन्टमध्ये एक भएको बताएकी छिन् ।


Last Updated on: August 11th, 2021 at 1:21 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया