शुक्रबार ०८ आश्विन २०७८

भवन निर्माणको सामाग्री बोकेर रोकी राखेको टिपरमा स्कुटर ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–२९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको प्रदेश न.३–०१–००६ ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं सामाखुसी बस्ने सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभील अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Last Updated on: August 11th, 2021 at 4:48 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया