शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं। भारतको हिमाचल प्रदेशको किन्नोरमा बस, कारसहित कैयौं गाडीमा रहेका ५० जनाभन्दा धेरैलाई पु, x र्ने गरी आएको पहिरोमा उद्धार कार्य जारी छ । शिमला किन्नौर नेशनल हाइवे ५ मा पहिरोबाट २४ घण्टामा कूल १३ शव निकालिएका छन् । १३ जनालाई जी,वितै उद्धार गरिएको छ । पहिरोमा अझै २५ जना पु, रि,एको आ,शं,का गरिएको छ । स्थानीय प्रशासन, पुलिस र एनडिआरएफका जवान उद्धारमा जुटेका छन् । आइटिबीपीका जवानलाई पनि बोलाइएको छ ।

पहिरोमा पु,रि,एको बस हिमाचल रोडवेजको हो जो मुरंगबाट हरिद्वार जाँदै थियो । बससहित एउटा ट्रक, एउटा बोलेरो जीप र ३ वटा ट्याक्सी पहिरोमा पु,रि,एका छन् । हिमाचल प्रदेश सरकारले उद्धारको लागि हरियाणा र उत्तराखण्ड सरकारसँग हेलिकप्टर मागेको छ । सेनाले पनि २ वटा हेलिकप्टर पठाएको छ । दुर्घटनामा बसका ड्राइभर गुलाब सिंह र कण्डक्टर महेन्द्र पाल भने सुरक्षित ब,चेका छन् । उनीहरु सडकमा पहिल्यै चट्टान खसेको देखेपछि बसबाट बाहिर निस्केका थिए । उनीहरु बाहिर निस्किनासाथ पहिरोले बस पु,रि,यो, उनीहरुले भा,गे,र ज्या,न ब,चाए ।

कण्डक्टर महेन्द्र पालका अनुसार बसमा २५ जना यात्रु थिए । उनले भने ‘बसमा करिब २५ यात्रु थिए । हामी निगुलसेरी पुग्दा सडकमा पहाडबाट चट्टानहरु ख,सि,रहेको देख्यौं । हामीले बसलाई १०० मिटर पछाडि नै रो,क्यौं । त्यही ठाउँमा ट्रक, कारसमेत अरु गाडीहरु पनि रोके । त्यही बेला अ,चानक पहिरो यी सबै गाडीहरुमाथि ख,स्यो ।’ ड्राइभर गुलाब सिंह अनुसार चट्टान ख,सेको देखेपछि बस त्यहाँबाट अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने जाँच गर्न उनी र कण्डक्टर बसबाट ओर्लेर पैदल नै अगाडि गएका थिए । तर, उनीहरु केही अगाडि पुग्नासाथ अचानक पहिरोले बस नै पु,रि,दि,यो ।

 

 


Last Updated on: August 12th, 2021 at 1:09 pm
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया