शुक्रबार ०८ आश्विन २०७८

शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ ।छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ ।’

रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर । वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।


Last Updated on: August 12th, 2021 at 1:32 pm
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया