सोमबार ११ आश्विन २०७८

काठमाडौं। भ्याक्सिन वि,रोधी एक नर्सले ८ हजार ६ सय जना वृद्धवृद्धालाई कोरोनाको खोप भनेर स्लाइन पानी भरेर सुई लगाइदिएको खुलासा भएको छ । अब ती बिरामीहरुलाई खोपको अर्को डोज लगाउन भनिएको छ । जर्मनीको फ्रिसल्याण्ड जिल्लाको एक खोप केन्द्रमा कार्यरत रेडक्रसकी ती नर्सले बिरामीहरुलाई वास्तविक कोभिड खोप लगाइदिनुपर्नेमा स्लाइन पानीको घोल मात्र लगाइदिएको आ,शंका गरिएको द सनको रिपोर्टमा जनाइएको छ ।

स्थानीय अधिकारीहरुले मंगलबार यसबाट करिब ८ हजार ६ सय स्थानीय प्रभावित भएको हुन सक्ने जानकारी दिएपछि स्थानीय काउन्सिलर स्भेल एम्ब्रोसीले फेसबुकमा आफूलाई नराम्रो झ, x ट्का लागेको लेखेका छन् । उनले करिब ८ हजार ६ सय जनाले भ्याक्सिनको सट्टामा स्लाइन पानी मात्रै पाएको जानकारी दिनुपर्दा आफूलाई दुःख लागेको बताउँदै ती सबैलाई खोपको अर्को डोज लगाउन भनेका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ती नर्स खोप केन्द्रमा खोपका भाइलहरु बदल्न सक्षम थिइन् किनकि त्यहाँ कार्यरत हुँदा आफ्नो ड्युटीको समयमा ती नर्स नै खोप दिने तयारी र सिरिन्जको तयारीका लागि जिम्मेवारी प्राप्त स्वास्थ्यकर्मी थिइन् । यसरी सुईबाट स्लाइन पानी दिइँदा यसले कुनै न,का,रात्मक असर त गर्दैन तर खोप पाएको भनिएका ती वृद्धवृद्धाहरु कोभिड–१९ संक्रमणको उच्च जो,खि,ममा हुनेछन् ।

पुलिस अनुसन्धान अधिकारी पि,टर बियरले एक पत्रकार सम्मेलनमा बोल्दै प्राप्त साक्षी र प्रमाणका आधारमा ‘ख, त, राको शं,का गर्न सकिने बलियो आधार’ भएको बताएका छन् । यी नर्सले यसरी खोप किन बदलिन् भन्ने स्पष्ट छैन तर प्रारम्भिक जाँ, xचमा उनले यसअघि सामाजिक संजालमा भ्याक्सिनको वि, x रुद्ध अ,भिव्यक्ति दिएको पाइएको छ । ती नर्सको पहिचान खुलाइएको छैन ।


Last Updated on: August 12th, 2021 at 4:03 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया