शुक्रबार ०८ आश्विन २०७८

सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत् प्राधि करणको कार्यकारी निर्देशकमा नियुक्त कुलमान घिसिङले आज बुधबार पदभार ग्रहण गरे। घिसिङ दोस्रोपटक प्राधि करणको नेतृत्व सम्हाल्न आइपुगेका हुन्।प्राधिकरणमा घिसिङको यो दोस्रो इनिङ्स हो। यसअघि उनी ०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। कानुनी प्रावधानअनुसार प्राधिकर णको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्छ। सोहीअनुसार घिसिङ ०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए।

बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफूलाई पुनः नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै छोटकरीमा आफ्ना योजनाहरु सुनाए। उनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकर णमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ खुलाएनन्।

एमसीसी परियोजना लामो समयदेखि अड्केर बसेको छ। रिस्क भनेर त्यसैलाई इंगित गर्न खोज्नुभएको हो? एमसीसीको बारेमा तपाईंको धारणा के हो? भनेर सोधेको पत्रकारको प्रश्नमा घिसिङले भनेका छन्” एम सीसीको बारेमा म अहिले बोल्दिनँ, यसबारे कुरै नगरौं। यो मेरो पाटो होइन।”

काठमाडाैँ- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेपालको लोडसेडिङ हटाउन आफ्नो मुख्य योगदान रहे को दाबी गरेका छन् । अन्तर्वार्तामा आफूले नेपालको लोडसेडिङ अन्त्य गराएको दाबी रायमाझीले गरेका हुन्। रायमाझीले भने, ‘मैले प्रचार नगरेर हो, नेपालको लोडसेडिङ अन्त्य गराउन मेरो मुख्य भूमिका छ ।’ उनले आफू ऊर्जामन्त्री रहँदा नै कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन भूमिका खेलेको उनले दाबी गरे ।‘कुलमान घिसिङलाई मैले ल्याउनका लागि ३ महिना सम्म इभ्यालुएसन गराएँ,’ रायमाझीले भने, ‘उहाँलाई पास गराएर, विद्युत प्राधिकरणको एमडी बनाउन मैले भूमिका खेलेको हुँ ।


Last Updated on: August 12th, 2021 at 4:55 pm
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया