बिहिबार ३१ भाद्र २०७८

बुटवल- अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन्। सामान्य परिवारमा हुर्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने। आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोटसहित बुटवल झरिन् सिर्जना। गाउँमै छँदा शितगंगा-२ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग उनको प्रेम सुरु भइसकेको थियो। जापानी भाषा अध्ययनका लागि बुटवल आएपछि प्रेम सम्बन्ध थप प्रगाढ बन्यो।

करिब २ वर्षसम्म प्रेम सम्बन्ध चल्यो। प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सिर्जना गर्भवती भइन्। विवाह नहुँदै ग र्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरिन्। तर, सुमन नेपाली सेनामा कार्यरत भएकाले हत्तपत्त छुट्टी मिल्दैन भन्ने बाहना बनाएर विवाह टार्दै गए। विवाहका लागि तयार भएनन्।

सिर्जना ग र्भ वती भएको ८ महिना पुगिसकेको थियो। तर सुमनले विवाह गर्न मानेनन्। यसले विमलालाई मा’न’सिक त’नाव हुन थाल्यो। परिवार र समाजलाई ढाँट्ने अवस्था भएन। समस्या कम हुने भन्दा पनि सिर्जनाका लागि झन् बो झि लो बन्दै गयो। जात नमिलेकै कारण प्रेम गरेपनि सुमन टाढिन अनेक बाहना बनाउँदै भाग्न खोजे।

पटकपटक विवाहका लागि अनुरोध गर्दा पनि सुमन नमानेपछि सिर्जनाले प्रहरीमा उजुरी गर्ने बताइन्। ‘प्रहरीमा उजुरी गर्छु भनेपछि विवाह गर्ने भन्दै सुमन सिर्जनालाई भेटन आए। भेट हुने बितिकै कु ट पि ट ग रे छन्,’ सिर्जनासँगै कोठामा बस्ने नाताले ‘सोल्टिना’ पर्ने मञ्जु सुनारले भनिन्। विवाह गर्नुको साटो सुमनले उपचार गर्ने बाहनामा अस्पतालमा लगेर ८ महिनाको गर्भ तु’हा’इ’दि’एको मञ्जुको भनाइ छ। ८ महिनाको ग र्भ नै फा लि दि एपछी सिर्जना मा’न सि’क र शा री रिक रुपमा क मजोर बनिन्।

सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उपचार गर्नुको सट्टा यस्तो गरेपछी गत वर्ष फागुनमा अर्घाखाँची ठाडास्थित प्रहरीमा सुमनविरुद्ध उजुरी दिइन्। प्रहरीमा उजुरी परेपछि सुमनले विवाह गर्ने सर्तमा घटना मिलापत्रमा टुंगिएको मञ्जुले बताइन्।

फागुनको अन्तिममा प्रहरीसँगको मिलापत्रकै आधारमा चैत २ गते बुटवल मनकामना मन्दिरमा उनीहरूबीच विवाह भएको थियो। केटी पक्षबाट सिर्जनाकी सोल्टिना पर्ने मञ्जु मात्रै थिइन् भने केटाका तर्फबाट एक जना सुमनका साथी थिए। हिन्दूपरम्परा अनुसार नै विवाह भएको थियो।

विवाह भएपनि दलित भएका कारण उनले अर्घाखाँची घरमा भने लगनेन्। पहिल्यैदेखि सिर्जना बस्दै आएको बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरमै बस्ने निधो गरे। विवाह गरेकै भोलिपल्ट सुमन काठमाडौं गए। प्रहरीमा उजुरी परेकै कारण विवाहको नाटक मात्रै गरेको सिर्जनाका आफन्तको भनाइ छ। ‘बहिनीले पटकपटक घरमा लैजान भन्थिन्, तर ज्वाईं (सुमन)ले कहिल्यै लैजानुभएन,’ सिर्जनाकी दिदी दीपा सुनारले भनिन्। अन्तरजातीय प्रेमलाई सुमनले प्रहरीमा उजुरी परेकै कारण स्वीकार त गरे। तर, आ त्मैदेखि भने स्वीकार गरेनन्।

सिर्जनाबाट अलग हुनकै लागि शा’री’रि’क र मा’न’सि’क या’त’ना दि एको ‘सु’सा’इ’ड नो’ट’ लेख्दै २१ वर्षीय सिर्जनाले बिहीबार यो संसार त्या’गिन्। बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरस्थित कोठा बन्द भएर चुन्नी को पा’ सो ल’गा’ए’र झु’ ‘न्डि ‘ए’को अ वस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

‘पटकपटक यसरी ब्यबहार र या त ना दि ने ग रेको नोटमा लेखिएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने। अन्तरजातीय विवाह भएको र केटाले घरसमेत नलगेकाले जातीय रूपमा केटा अलग हुन खोजेको देखिएको प्रहरीले जनाएको छ। ‘केही शंकास्पद र नोटसमेत देखिएकाले जा’ती’य वि’भे’द र दे ह त्यागको मुद्दा चलाइएको छ,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘हामीले केटालाई नियन्त्रणमा लिइसकेका छौं। अनुसन्धान गरेर कारबाही गर्छौं।’

सुमनले दलित भएकै कारण स्वीकार गर्न नसक्दा विवाहपछि पनि ३ महिनाको ग र्भ फे रि फा ली दि ए मृ तक सिर्जनाका दिदी दीपा सुनारले बताइन्। ‘विवाह भएपछि कहिल्यै बहिनीले सुख पाइन, सुमनले म’र’णा’स’न्न हुने गरी कु’ट’पि’ट ग रे पछि एक महिनाअघि साइली बहिनीको घर बाँसगढी आएकी थिई,’ दिदी दीपाले भनिन्, ‘जातकै कारण सुमनले आफूबाट टाढा बनाउन बहिनीलाई मा’न’सि’क र शा’री’रि’क या’त’ना दियो। कानुन अनुसार का रबाही हुनुपर्छ।’

बहिनीलाई दे ह त्या ‘ग ग र्न बा ध्य बनाएने सुमनमाथि हदैसम्मको का रबाही गर्न उनको माग छ। कपिलवस्तुस्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। (नेपाल समयमा बिनोद परियारले यो समाचार लेखेका छन् हामीले साभार गरेका हौ)

 

यो पनि आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वासः प्रधानसेनापति

गत आर्थिक वर्षमा रक्षा मन्त्रालयले भौतिकतर्फ ८९.२५ र वित्तीयतर्फ ८६.८ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा चालुतर्फ ९८.१७ प्रतिशत बजेट निकासा भएको जानकारी दिइयो । मन्त्रालय मातहतका आयोजना र कार्यक्रमका लागि अन्य निकायबाट अख्तियारी प्राप्त चालुतर्फ बजेट निकासा ९७.६१ रहेको जनाइएको छ ।

सो अवधिमा मन्त्रालयले रु नौ अर्ब ८० करोड ६८ लाख ८४ हजार ५५३ बेरुजु फछ्र्याैट गरी यसमा ७२.७२ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आर्थिक वर्षमा रक्षा मन्त्रालय र मातहतका निकायका लागि चालुतर्फ रु ४५ अर्ब ५८ करोड १७ लाख तथा पूँजीगततर्फ रु नौ अर्ब १८ करोड ७१ लाख संशोधनसहित बजेट विनियोजन गरिएको थियो ।

गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रममा वीरेन्द्र सैनिक अस्पतालको स्तरोन्नति, चुरे क्षेत्रको दोहन रोक्ने, काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग र जटिल प्रकृतिका पुल तथा सुरुङ निर्माण प्रारम्भ गर्ने थियो । यसैगरी कोसी र कर्णाली कोरिडोर सडकको ट्र्याक खोल्ने, विपद् व्यवस्थापनका लागि क्षमता विकास गर्ने, नेपाली सेनालगायत सबै सुरक्षा निकायलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई दक्ष, व्यावसायिक र उच्च मनोबलयुक्त बनाइने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको आवश्यक तयारी पूरा गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका थिए ।

नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बोटाको संरक्षण गर्दै देशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, कोभिड–१९ रोकथाम प्रतिकार्यमा सेनाको संलग्नता प्रभावकारी तुल्याउने तथा सफा हिमाल अभियान परिणाममुखी ढङ्गबाट सञ्चालन गर्ने मन्त्रालय मातहतका महत्वपूर्ण कार्यक्रम हुन् । मुलुकको सवैभन्दा प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुत मार्गको हालसम्मको भौतिक १६.१० र वित्तीयतर्फ १४.५१ प्रतिशत प्रगति हासिल भएको छ । उक्त आयोजनाका लागि ९१.७४ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको तथा अब ८.२६ प्रतिशत वितरण गर्न बाँकी रहेको छ ।

उक्त वार्षिक समीक्षामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सङ्क्रमणको हालको अवस्थालाई विश्लेषण गर्दै चाडपर्व मनाउन स्वदेश आउने नागरिकलाई व्यवस्थित रुपमा केही समय आश्रय प्रदान गर्ने पाटोमा कुनै कमी कमजोरी नहोस् भन्नका लागि समयमै आवश्यक संरचनाको व्यवस्थापनको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अरू केही मन्त्रालयको तुलनामा रक्षा मन्त्रालयको वार्षिक लक्ष्यअनुरुप राम्रो भौतिक र वित्तीय प्रगति देखिएको छ, प्रविधिको प्रयोगका हिसाबले नयाँ र ठूलो आयोजना द्रुतमार्गमा बजेट कमी हुन भएन, विपद् व्यवस्थापनमा लामो इतिहास रहेको सेनाको सुझाव समावेश गरिनुपर्छ ।”

सानो त्रुटि पनि हुन दिन नहुनेमा सचेत छौँ ः प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै गरिएको आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सेनाको तीन जोड एक कमान्ड अवधारणा लागू भइसकेको छ, साङ्गठनिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्याैटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्य छ ।” दू्रतमार्ग राष्ट्रकै दृष्टिकोण भएकाले सानो त्रुटि भएमा अनेकौँ आक्षेप आउन सक्ने हुनाले सुझबुझपूर्ण ढङ्गबाट अघि काम भइरहेको बताउँदै प्रधानसेनापति थापाले सर्पदंश उपचार र वृक्षरोपणमा पनि सङ्गठनको योगदान महत्वपूर्ण रहेको छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले राष्ट्रिय गौरवका आयोजनामा बजेट कम हुन नदिने अवस्थाको प्रत्याभूति हुनुपर्ने तथा विकटका सडक पूर्वाधार निर्माणमा सेनाले गरिरहेको कार्य सबैका लागि उदाहरणीय बनिरहेको बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र सहसचिव शिवराम न्यौपानेले स्वदेश र विदेशमा समेत मुलुकको प्रतिष्ठाका रुपमा रहेको सेनालाई दक्ष र व्यावसायिक तुल्याउन थप साधन स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

यो पनि : धार्मिक पर्यटनसँग जोडिँदै बेगनास ताल बराह

सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ ।

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो ।

साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो ।

बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि अघिल्लो वर्ष पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमासमेत पु¥याउने लक्ष्य राखिएको छ । डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथिमिति एवं पर्वमा दर्शनार्थी आउने गरेका छन् । बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म बेगनासताल क्षेत्रमा महायज्ञ गरिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिनुभयो ।

तत्कालीन महायज्ञ आयोजक मूल समितिका महासचिवसमेत रहनुभएका अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो ।

महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उहाँले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताउनुभयो ।

हावाहुरी आदिका कारण हुनसक्ने सम्भाव्य जोखिमलाई लक्षित गरी उद्धार कक्षसमेत निर्माण गरिएको छ । बेगनास तालसहित यहाँका बराह क्षेत्रलगायतका स्थान धेरै सम्भावना बोकेर पनि ओझेलमा परिरहेको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका पूर्वअध्यक्ष एवं ग्रान्ड होटेल बेगनासका सञ्चालक दुर्गाप्रसाद अधिकारीले बताउनुभयो । प्रचुर सम्भावनाका बाबजुद ओझेलमा परेको यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि राज्यको चासो पुग्नुपर्ने उहाँको भनाइ छ ।

लेखनाथ क्षेत्रमा पर्यटकीय विकासका धेरै सम्भावना रहेको बताउने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताउनुहुन्छ ।

“बेगनास तालमा जलाधार क्षेत्रबाट आउने गेग्रान थुप्रिन सक्ने भएकाले सरोकारवाला सङ्घसंस्थाले यसतर्फ बेलैमा चासो दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “बेगनास बराहलगायतका यहाँका धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्न सकिन्छ ।” बेगनाससहित लेखनाथका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि गुरुयोजना तयार गरी अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले यहाँका सम्भावनालाई प्राथमिकताका साथ उजागर गर्ने बताउनुभयो ।

 


Last Updated on: August 12th, 2021 at 6:42 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया