शुक्रबार ०८ आश्विन २०७८

विबाह गर्दै चर्चित गायिका मेलिना राई, कैयौँ हिट गीतकी यि गायिकाले आमा बाबुले नै खोजेका यि करोडपतिसँग गर्दैछिन् विबाह, विबाहको तयारी गरेसँगै खुशीले फुरुगं छिन् मेलिना, कैयौँ गीतबाट करोडौँ कमाएकी मेलिनाले आफ्ना हुनेवाला पतिका लागि किनिन् काठमाडौँमा नै यस्तो भब्य घर, हेर्नुहोस् भिडियो

 

सार्वजनिक कार्यक्रममा श्रीकृष्णलाई सम्झेर भक्कानो छाडेर रोइन् चर्चित नायिका श्वेता खड्का, गौरी सम्झाउन पुग्दा अंगालोमा रोइन, दुवैका रुँदा रुँदै सुके आँसु, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

प्रचण्डले कुलमानलाई ‘काँध थाप्नु’ को यस्तो छ भित्री रहस्य, चुनौतीका चाङकाबीच कुलमानको दोस्रो ‘इनिङ’ सुरु : लामो राजनीतिक रस्साकस्सीबीच कुलमान घिसिङ पुनः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भएका छन् । खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘काँध थापेकै’ ले कुलमान प्राधिकरणको नेतृत्वमा पुगेका हुन् ।

कुलमानलाई प्राधिकरणमा ल्याउनै पर्छ भन्ने अडान राखेका कारण प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको दुरी बढेको यर्थाथ घामजस्तै छर्लङ्ग छ । कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा प्रचण्डको लोकप्रियता बढने र प्राधिकरणमा हाली मुहाली पनि उनैको हुने देखेपछि तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई कुनै हालतमा पनि पुनः नियुक्ति गरेका थिएनन् ।

कुलमानको पुनः नियुक्तिको बिषयलाई प्रचण्डले किन कुलमानलाई किन यति धेरै ‘काँध थापे’ भन्ने प्रश्न धेरैले गर्ने गरेका छन् ।कुलमानको ‘लोकप्रियता’ देखेर नै प्रचण्डले उनलाई यति धेरै च्यापेका हुन् । करिव डेढ वर्षपछि मुलुक निर्वाचनमा जाने निश्चित छ । सर्वसाधारणले समेत लोडसेडिङको अन्त्य गरेर ‘हाइहाइ’ कमाएका कुलमानलाई देखाएर नेकपा माओवादी केन्द्रले भोट बटुल्न सक्ने सम्भावना देखिएपछि प्रचण्डले कुलमानलाई पुनः प्रधिकरणमा ल्याएका हुन् ।

प्राधिकारणको पहिलो कार्यकालको नेतृत्वमा कुलमानले उच्च ‘परफरमेन्स’ देखाएका थिए । पहिलो पटक कुलमान २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यतिबेला उनी प्राधिकरण आउँदा दैनिक १३ घण्टासम्मको लोडसेडिङ थियो ।त्यतिबेला लोडसेडिङमुक्त बनाउने चुनौती उनीसामु थियो । कुलमानकै अग्रसरतामा प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु परेको छैन । त्यसैगरी, २०७५ को वैशाखदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । त्यसअघि उक्त क्षेत्रमा दैनिक तीन घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।कुलमानको बिकल्पै नभएकै हो त ? नेपाल विद्युत प्राधिकरणको नेतृत्व हाक्ने कुलमान एक मात्र विकल्परहित व्यक्ति हुन त ? अहिले त्यस्तै प्रश्न गर्न थालिएको छ ।

प्राधिकरणको नेतृत्व गर्न अन्य व्यक्तिहरु पनि छन् । तर, कुलमानले बिजुलीको उचित व्यवस्थापन गरेर लोडसेडिङको अन्त्य गरेर बाजी नै मारे ।कुलमानले त्यतिबेला लोडसेडिङको अन्त्य गरेर देखाएको कुशलताको अहिले ‘वोनस’ खाँदै छन् । तर,नयाँ नियुक्ति हुनेले त त्यो वोनस खाने सम्भावना नै तत्काल केही देखिएको छैन् । त्यसैले पनि कुलमान एक मात्र बिकल्परहित व्यक्ति हुन कि भन्ने जस्तो देखिएको हो ।


Last Updated on: August 13th, 2021 at 11:55 am
३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया