शुक्रबार ०८ आश्विन २०७८

नेपाली कांग्रेसका १ सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् ।बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् ।

‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन । त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,’ उनले भने ।

२०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन भएन । अहिले ७५ वर्षभन्दा बढी उमेर भएका नागरिकलाई मासिक ४ हजार वृद्धभत्ता दिइँदै आएको छ ।


Last Updated on: August 13th, 2021 at 2:08 pm
४३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया