
आज विहान ५४ यात्रु बोकेको बस नहरमा खस्दा ३५ जनाको मृ’त्यु
Posted in अन्तर्राष्ट्रिय समाचार
मंगलवार विहानै ठूलो दुर्घटना भएको छ । भारतको मध्यप्रदेशमा मंगलबार बिहानै भएको दुर्घटनामा अहिले सम्म ३५ जनाको निधन भइसकेको छ । बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेर दुर्घटना भएको हो।
सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन्। दुर्घटना लगत्तै प्रहरीको टोली पुगेको थियो । स्थानियको सहयोगमा प्रहरीले ३५ शव बाहिर निकालेको छ । निधन हुनेको संख्या अझ बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआइले ७ जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको जनाएको छ। जसमध्य चालक पनि एक थिए । स्थानीय जनताा, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नह