
रातो कार्ड पाएपछि मेस्सीको आरोप : कोपा ब्राजिलले जितोस् भनेर मिलेमतो छ
Posted in खेलकुद
स्टार खेलाडी लियोनेल मेस्सीले रातो कार्ड पाए पनि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा चिलीलाई २–१ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल रह्यो । तर, मेडल प्रदान गर्ने समारोहमा मेस्सी उपस्थित भएनन् ।
चिलीका गेरी मेडेलसँगको विवादपछि मेस्सीले रातो कार्ड पाएका थिए । विवादमा मेडेल आक्रमक देखिए पनि रेफ्री मारियो डियाज डे भिभारले दुवै खेलाडीलाई रातो कार्ड देखाए ।
रेफ्रीको निर्णपछि आश्चर्यचकित बन्दै मैदान छाडेका मेस्सी तेस्रो स्थानको मेडल लिने बेला पनि मैदानमा देखिएनन् ।
पछिल्लो समय आफ्नो खेलभन्दा पनि दक्षिण अमेरिकी फुटबल कन्फेडरेसन र आयोजक ब्राजिलको आलोचनाको कारण मेस्सी चर्चामा छन् ।
सेमिफाइलनमा आफूले रेफ्रीको आलोचना गरेकै कारण आफूले रातो कार्ड पाएको बताउँदै उनले भने, ‘यसमा कुनै शंका छैन, यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो छ ।’
‘मलाई आशा छ फाइनलमा भीएआरले कुनै भूमिका खेल